शिवम् सिमेन्ट्सको मुनाफा साढे २७ लाख, यस्ता छ अन्य सूचक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शिवम् सिमेन्ट्सको मुनाफा साढे २७ लाख, यस्ता छ अन्य सूचक



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा सुधार देखिएको छ ।

यस अवधिसम्म आइपुग्दा कम्पनीले २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिब वर्षको भन्दा ३१.९४ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा ३०.४६ प्रतिशतले घटेर १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा २ अर्ब २० करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ, सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्