नागरिक लगानी कोषको मुनाफा २३ करोड माथि « Arthapath.com
३० कार्तिक २०७९, बुधबार

नागरिक लगानी कोषको मुनाफा २३ करोड माथि



काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अुनसार कम्पनीले २३ करोड २७ लाखभन्दा बढी खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १७.९९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १९ करोड ७२ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

त्यस्तै, कम्पनीले कुल आम्दानी १७.९५ प्रतिशतले बढेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ३३ करोड ९७ लाख रहेको कुल आम्दानी रकम गरेका चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४० करोड ६ लाखभन्दा बढी भएको छ ।

कुल खर्च पनि यस वर्ष १७.८० प्रतिशतले बढेर ९ करोड ३ लाखभन्दा बढी कुल खर्च गरेको छ । गत वर्ष ७ करोड ६७ लाखभन्दा बढी कुल खर्च गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४ अर्ब २५ करोड १० लाख, शेयर प्रिमियममा २८ करोड ३८ लाख रकम कायम भएको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ०५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्