युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
१ मंसिर २०७९, बिहीबार

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडलेको लाभांश सुरक्षि गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ४ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर १ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रहेको छ ।

लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २० गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ४ः३० बजे सभा गर्ने तयारी गरेको छ ।

सभाले लाभांशसँगै गत आर्थिक वर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्