विराटनगर आईसीपीजोड्ने भारत तर्फको नवनिर्मित पुल यथाशिघ्र संचालनमा ल्याउन संघको पहल जारी « Arthapath.com
१ मंसिर २०७९, बिहीबार

विराटनगर आईसीपीजोड्ने भारत तर्फको नवनिर्मित पुल यथाशिघ्र संचालनमा ल्याउन संघको पहल जारी



काठमाडौं । विराटनगर आईसीपी जोड्न भारतको बथनाहा स्थित निर्मित नयाँ पुललाई तत्कालै संचालनमा ल्याउन संघले पहल गरिरहेकोमा आज मिति २०७९ मंसीर १ गते, बिहिबार भारतीय राजदूतावासका डिपुटी चिफ अफ मिशन प्रशन्न श्रीवास्तव र वाणिज्य प्रमुख सुमन शेखरलाई संघका कार्यकारी सदस्य गोपाल अग्रवालले भेट गर्नु भएको छ ।

अध्यक्ष नवीन रिजालद्वारा भारतीय राजदूत महामहिम नवीन वास्तवका लागि प्रेषित संघको पत्र लिई काठमाडौँ स्थित भारतीय दुतावास पुग्नु भएका संघका सदस्य अग्रवालले आज भारतीय दुतावासका अधिकारीहरुसँग भेटघाट गर्नु भएको हो । अग्रवालले भारतीय अधिकारीहरुसँगको भेटघाटका क्रममा आगामी १५ दिन भित्र उक्त नवनिर्मित पुल संचालनमा ल्याउने गरी कार्य भई रहेको जानकारी प्राप्त भएको बताए ।

नवनिर्मित सो पुलको यथाशिघ्र संचालनका लागि संघका अध्यक्ष नवीन रिजालले गत साता भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय सडक परिवहन तथा राजमार्ग मन्त्री माननीय नितिन गड्करी, दिल्ली स्थित नेपाली राजदूतावास लगायतलाई पत्राचार गर्नु भएको थियो । विराटनगर आई.सी.पी. जोड्ने भारतको बथनाहा–जोगबनी सडक खण्डमा पुलको प्रयोग हुन नसक्दा नेपाली उद्योगी÷व्यवसायीहरुले विगत ११ महिना देखि भन्टावारी नाका प्रयोग गर्दै दैनिक करिब रु. एक करोड रकम अनावश्यक व्ययभार व्यहोर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्