मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर



काठमाडौं । मंगलम इण्डष्ट्रिज प्रालि औद्योगिकउत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७÷७८ माआन्तरिक राजस्वविभाग, त्रिपुरेश्वरको कार्य क्षेत्र अन्तर्गत सर्वाधिकआयकर दाखिलागरि आन्तरिक राजस्वविभाग, त्रिपुरेश्वर, नेपाल सरकारद्वारा सम्मानितहुन सफलभएको छ ।

राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित बिशेस समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिज प्रालिका लागि कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवालर निर्देशक, सशी चुरिवालले ग्रहण गर्नु भएको थियो ।

कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवालले सोहि उपलक्ष्यमा बोल्दै “देशमै उत्पादनगरि देशको अर्थतन्त्रमा योगदान पुर्याएर सम्मानित हुन पाउँदा हामी असाध्यै गौरवान्वित भएका छौँ। देशको हितमा यस्तो शुभकार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहनमिलेको छ। साथै, यस यात्राको क्रममाहामीसंग हातमाहातमिलाई ,काँधमा काँधमिलाई अघि बढ्न साथदिनुहुने सम्पूर्णमाहृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौं।”

मंगलमले घर तथाउद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइपतथा फिटिङ्स सम्बन्धी सम्पूर्ण सामाग्रीहरु उत्पादन गर्दै आएको छ । यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो ।


प्रतिक्रिया दिनुहोस्