कासाद्धारा रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’आयोजना, सगरमाथामा तेस्रो पटक ‘द एभरेष्टशो’ गर्दै « Arthapath.com
११ मंसिर २०७९, आईतवार

कासाद्धारा रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’आयोजना, सगरमाथामा तेस्रो पटक ‘द एभरेष्टशो’ गर्दै



काठमाडौं । कपडाको लोकप्रियनेपालीब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्टशो’ आयोजना गर्ने भएको छ ।

आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमाशनिबार कासाका सञ्चालकडा. पंकजगुप्ताले उक्तघोषणा गरेका हुन् । यसअघिपनिपहिलो पटक ‘कासा’ले कालापत्थरमा र दोस्रो पटक सगरमाथाको ५५०० मिटर उचाईमा पर्ने ‘गोक्यो’ मा फेशनशो आयोजना गरी विश्व रेकर्ड बनाइसकेको छ ।

‘द एभरेष्टशो’ मार्फत तेस्रो विश्व रेकर्ड बनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको गुप्ताले जानकारी दिए । वार्षिकोत्सवकै अवसरमा ‘कासा’ ले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासनगाला’ (फेशनशो) आयोजना ग¥यो । कासाले यस पटकबार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजना गरेको हो । रेड कार्पेट इभेन्ट नेपालमापहिलो पटकआयोजनाभएको सञ्चालक गुप्ताले बताए ।

कार्यक्रममा महत्वपूर्ण व्यक्तित्वहरु बीबीसी मास्टर सेफ सन्तोष शाह, मिस नेपाल, नायक, नायिका, गायक, गायिका लगायतका कलाकार, फेसन डिजाइनर, मेकअप आर्टिष्ट सहित चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कासाकी सञ्चालिका रमिला नेमकुलभनिन्, ‘यो रेड कार्पेट इन्भेट हामीले नेपालमा पहिलो पटक आयोजना गरेका हौं । फेसनग्लामर मात्रै होइन् । यो विजनेशपनिहो । फेसन उद्योग विश्वकै दोस्रो ठूलो उद्योग पनि हो । तर नेपालमा यस उद्योगको खासै विकास हुन् नसकेको अवस्थामा हामीले ‘काठमाडौं फ्यासनगाला’ आयोजना गरेका हौं । यस किसिमको कार्यक्रमले फेसन डिजाइनिङ क्षेत्र र यससँग सम्वन्धी अन्य क्षेत्रका सबै व्यक्तिहरुलाई एक आपसमा भेटघाट र चिनजान गर्ने अवसर पनि प्रदान गर्छ ।’

रेड कार्पेट इभेन्टमा १४ जना सेलिब्रेटीतथामिस नेपाल वल्र्ड, डाक्टर, मिस युनिभर्स नेपाललगायतका पर्सनालिटिले ‘वाक’ गरेका थिए । कार्यक्रमको प्रायोजक दराज र बावर्ची हुन् । चार बर्षअघि स्थापनाभएको कासाब्राण्डविश्वकाथुप्रै मुलुकमानिर्यात हुँदै आएको छ । ‘कासा’को मुख्य शाखा पाटन ढोकामा रहेको छ भने नयाँ आउटलेट दरबार मार्ग र गैरीधारामा पनि सञ्चालनमा छ ।


प्रतिक्रिया दिनुहोस्