नेशनल हाइड्रोपावरले बेच्यो ५ करोड ५८ लाखको विद्युत : नाफा साढे ७३ लाख, इपिएस कति ? « Arthapath.com
१६ माघ २०७९, सोमबार

नेशनल हाइड्रोपावरले बेच्यो ५ करोड ५८ लाखको विद्युत : नाफा साढे ७३ लाख, इपिएस कति ?



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको नाफामा गिरावट देखिएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

सो अवधिमा कम्पनीको नाफा १३.८९ प्रतिशतले घटेर ७३ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । गत आवको पुुस मसान्तसम्ममा कम्पनीले ८५ लाख ४९ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने झिनो वृद्धि भएको छ । सो अवधिमा कम्पनीको यो आम्दानी ५ करोड ५८ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको यो आम्दानी ५ करोड ५५ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

सो अवधिमा कम्पनीको संचालन नाफा भने ७.७६ प्रतिशतले वृद्धि भई ३ करोड २८ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो नाफा ३ करोड ५ लाख रुपैयाँ थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा ३ करोड १२ लाख रुपैयाँ देखिएको छ। कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्