एसियन लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एसियन लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५÷०७६ का लागि सेयरधनीहरूलाई लाभांश नबाँड्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको फागुन १८ गते मंगलबार बसेको सञ्चालक समितिको १६० औँ बैठकले आर्थिक वर्ष २०७५/०७६ का सेयरधनीहरूलाई कुनै पनि लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले उक्त आर्थिक वर्षको नाफा–नोक्सानबाट प्राप्त रकम सञ्चित मुनाफा जगेडा कोषमा नै रहने निर्णय गरेको छ । एशियनले लगातार २ वर्ष लाभांश दिएको छैन ।

एसियन लाइफ इन्स्योरेन्सले आ.व. २०७५/७६ का लागि लाभांश नबाँड्ने


प्रतिक्रिया दिनुहोस्