नागरिक लगानी कोषको १ लाख ३ हजार ७ सय कित्ता सेयर किन्ने समय थप गरियो
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामीत्वमा रहेको नागरिक लगानी कोषको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक सेयर आवेदन दिने समय थप गरिएको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनले सूचना सार्वजनिक गर्दै नागरिक लगानी कोषको सेयर किन्ने समय चैत २६ गतेसम्म थप गरेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले चैत २६ गतेसम्म बोलपत्र पेश गर्ने सक्नेछन् । यसअघि चैत ११ गतेदेखि लिलामीमा विक्री खुला गरेको उक्त सेयरको आवेदन दिने अन्तिम दिन चैत १९ गतेसम्म रहेको थियो ।
उक्त सेयरको न्यूनतम मूल्य १ हजार ३५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।














