आइतबार नेप्से सामान्य अंकले बढ्यो, १२ अर्ब १० करोड रुपैयाँको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ राजनीतिक उतारचढावले नेप्सेमा पनि उतारचढाव आइरहेको छ । कहिले घट्ने कहिले बढ्ने भैरहेको नेप्से साताको पहिलो दिन भने सामान्य अंकले बढेको छ । पछिल्ला केही दिनयता नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि बृद्धि हुँदै आएको छ ।
साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अंंकले बढेर निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको नेप्से बिहीबार सामान्य अंकले करेक्शन भएको थियो । गत बुधबार नयाँ हालसम्म कै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । तर साताको पहिलो दिन आइतबार सामान्य अंकले बढेको हो ।
साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ अंकमा बन्द भएको छ । यसअघि गत बुधबार ३०९४।९४ अंक पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

आइतबार २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार कित्ता सेयर १ लाख १७ हजार पटक किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि गत बिहीबार २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार कित्ता १ लाख ६ हजार पटक किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो ।














