समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, अनमुति माग्दै बोर्ड पुग्यो
काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद निष्कासन गर्ने भएको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको हो ।
कम्पनीले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले साउन १५ गते हकप्रद सेयर निष्कासन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको हो ।
कम्पनीले बोर्डबाट अनुमति पाएपछि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरका कुल २७ लाख २९ हजार ७०५ कित्ता निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।













