कृषि विकास बैंकको अध्यक्ष दुवाडीले दिए राजिनामा
काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष रमेश दुवाडीले राजिनामा दिएका छन् । बैंकको अध्यक्ष बन्न योग्यता नपुगेपछि दुवाडीले आफ्नो राजिनामा अर्थमन्त्रालयमा बुझाएका हुन् ।
बैंक संचालक सदस्य रहेको दुवाडी अध्यक्ष बन्न योग्यता र अनुभव नपुगेको भन्दै बोर्डका अन्य सदस्य र अर्थमन्त्रालयले राजिनामा माग गरेको थियो ।
गत मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्ति गरेको थियो ।













