फरार सांसद लक्ष्मी कोइरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि सार्वजनिक गरेको मतदाता नामावलीमा फरार सांसद लक्ष्मी चौधरी कोइरीको नाम समेत समावेश छ ।
कोइरी निलम्बनमा नपरेका कारण नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरु भएको र उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ ।
राष्ट्रपतिको पदको लागि १३ फागुनमा मनोनयन दर्ता र २५ फागुनमा मतदान हुनेछ ।













