७ श्रावण २०८३, बिहिबार

मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि खुला गरिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ३ गते बैंकिङ समयपछि हुनेछ ।

लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।


प्रतिक्रिया दिनुहोस्