सगरमाथा जलविद्युतको आइपीओ आज बाँडफाँट हुदैं: साढे १० लाखको हात रित्तो, कतिले पाउँछन् सेयर ?
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओको आज (चैत १७ गते) बाँडफाँट हुदैंछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यलयमा दिउँसो ३ः३० मा आइपीओ बाँडफाँट हुन लागेको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपैयाँ संकलन भएको छ । सीडिएसका अनुसार १४ लाख ३३ हजार ७१७ जना आवेदकले १ करोड ६० लाख ७६ हजार ७४० कित्ताका लागि आवेदन दिएका हुन ।
जसमा ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले आइपीओ प्राप्त गर्नेछन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि सेयर निष्कासन गरेको थियो ।













