एफएनसीसीआई र उद्योगमन्त्रीबिच भेटवार्ता: बहुप्रतिक्षित स्टार्टअप नीति पारित गर्न आग्रह - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एफएनसीसीआई र उद्योगमन्त्रीबिच भेटवार्ता: बहुप्रतिक्षित स्टार्टअप नीति पारित गर्न आग्रह



काठमाडौं । एफएनसीसीआईका अध्यक्ष गोल्छाले वहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न मन्त्री रिजाल समक्ष आग्रह गरेका छन् ।

अध्यक्ष गोल्छाले अर्थतन्त्र संकटोन्मुख हुंदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल समक्ष भेटवार्ता कार्यक्रममा बताएका छन् । अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उनले भनाइ रहेको छ ।

अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरि ब्याजदर घटाउनु पर्ने सुझाव उनको रहेको थियो । बजारमा माग नहुदा उद्यम व्यवसाय आधा भन्दा कम क्षमतामा चलिरहेकोले बजारमा विश्वास बढाउनु पर्ने अध्यक्ष गोल्छाको भनाइ रहेको छ । अब अवस्था सहज वनाउन सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने बातावरण वनाउनै पर्छ, अध्यक्ष गोल्छाले भने वितरणमुखी हुने कुरामा हामी गयौं भने संकटमा पर्छौ नै ।

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उपलव्ध भएसम्मका सवै उपाय र उपकरण प्रयोग गरेर भएपनि बजारमा लगानी बढाउन र निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नु पर्ने सुुझाव राख्य ।

अध्यक्ष गोल्छाले वाह्य लगानी ल्याउन दाताहरुसंग सम्मेलन र बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा जोड र्दिका छन् । महासंघको पहलमा निर्माण भएको नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ । महासंघ स्टार्ट अप तथा इनोभेसन समितिका सभापति रन्जित आचार्यले हालै जारि भएको स्टार्ट अप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लगि पनि नीति आवश्यक रहेको बताए ।

महासंघको भिजन पेपर राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे महासंघ र मन्त्रालय बीचको समझदारीलाई अगाडी लैजाने कार्यमा सहयोग गर्न पनि आग्रह गरेको बताए ।

सोही अवसरमा उद्योग मन्त्री रिजालले महासंघका तर्फबाट राखिएका सुुझावलाई कार्यान्वयन गर्न महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाएका छन् । उनले स्टार्टप नीतिबारे सबैसंग सल्लाह गरि पारित गर्ने आश्वासन पनि गरे । मन्त्री रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग÷सहकार्य गर्ने विश्वास दिलाएका छन् ।


प्रतिक्रिया दिनुहोस्