मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओमा १ अर्ब १५ करोड संकलन, आवेदन दिने भोलि अन्तिम दिन
काठाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब १५ करोड ३६ लाख ८६ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (चैत २१ गते) सम्ममा १० लाख २९ हजार ४९४ जनाले करोड १५ लाख ३६ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ८.६२ गुणा बढी आवेदन हो ।
कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । जसमा आवेदन दिने भोलि अर्थात चैत २२ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
सर्वसाधारणका लागि खुला गरिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।













