७ श्रावण २०८३, बिहिबार

छुट्नु होला है ? मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने आज (चैत २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि खुला गरिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।


प्रतिक्रिया दिनुहोस्