७ श्रावण २०८३, बिहिबार

मकर जितुमाया सुरी हाइड्रोपावरमा अन्तिम दिनसम्म ११.११ गुणा बढीको आवेदन



काठाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओमा अन्तिम दिन (चैत २२ गते) सम्म १ अर्ब ४७ करोड ३५ लाख ५३ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आजसम्ममा १३ लाख २५ हजार ८४७ जनाले १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ११.११ गुणा बढी आवेदन हो ।

कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।


प्रतिक्रिया दिनुहोस्