१९ श्रावण २०८३, मंगलबार

बैङ्कहरू पारदर्शी भए, उद्योगी भएनन् : श्रेष्ठ



काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बैङ्किङ क्षेत्रको कारोबार पारदर्शी भएको बताएका छन् । 

बैङ्क र व्यवसायलाई एकै ठाउँमा राखेर हेर्न नमिल्ने भन्दै श्रेष्ठले उद्योगी व्यवसायीको कारोबार पारदर्शी नभएको बताए । व्यापारीको समस्या कुन हदमा छ भन्ने थाहा पाउन उनीहरूको अडिट स्टम पारदर्शी नभएकाले समस्या परेको बताए ।

राष्ट्र बैङ्कले अहिले उद्योगी व्यापारीहरू कुन हदको समस्यामा छन् भन्ने पत्ता लगाउन गाह्रो भएको बताएका छन् । ‘बैङ्कहरूले हरेक क्वाटरमा आफ्नो वित्तीय विवरण सार्वजनिक हुने हुनाले उनीहरूको अवस्था थाहा हुन्छ,’ व्यापारीहरूको तथ्याङ्क देख्न पाइँदैन । साँच्चै मन्दी कति लागेछ भन्ने हेर्न मन छ तर पाइँदैन । कति घाटा परेको रहेछ थाहा पाउन सकिन्न ।  

मङ्गलवार राष्ट्र बैङ्कले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धान विभागका प्रमुखसमेत रहेका श्रेष्ठले अर्थतन्त्र बलियो बनाउन उत्पादन बढाउँदै लगेर आयात घटाउने र निर्यात बढाउनुपर्नेमा जोड दिए । 

अहिले बैङ्कहरूमा निक्षेप बढेकाले कर्जा दिन सक्ने अवस्था आएको श्रेष्ठले बताए । उनले भने ‘अहिले कर्जा माग्न गए पाइन्छ, अहिले लोनएवल फन्डमा सुधार भइरहेको छ ।’ 

आयात बढेपछि हाम्रो तरलता बाहिर जाँदा अर्थतन्त्रमा केही समस्यामा देखिएको श्रेष्ठले बताए ।