दोल्ती पावरको आइपीओमा पहिलो दिन मै २८ करोड संकलन, कति पर्यो आवेदन ?
काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओमा २८ करोड ३६ लाख ७१ हजार रुपैयाँ संकलन भएको द्ध । सीडीएसका अनुसार पहिलो दिनसम्म मै २ लाख ५३ हजार ५५६ जनाले २८ लाख ३६ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन । जुन माग भन्दा २.२३ गुणा बढी आवेदन हो ।
कम्पनीले आज अर्थात चैत २८ गतेदेखि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।
जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । जसमा छिटोमा वैशाख ३ गते र ढिलोमा वैशाख १२ गते सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।













