७ श्रावण २०८३, बिहिबार

मकर जितुमायाको आइपीओ बाँडफाँट, १ लाख ३३ हजारले पाए १०/१० कित्ता



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज (चैत २९ गते) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीको आइपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेको थियो । १३ लाख २५ हजार ८४७ जनाले कुल १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताको लागि आवेदन दिएका छन् । सोहि कारण आइपीओ हात पार्ने भाग्य कै भर पर्नु पर्ने देखिएको छ ।

गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुदाँ १ लाख ३३ हजार ७३० जनाले मात्र १० कित्ता सेयर हात पारेका छन् । जसमा २ जना भाग्यमानीले ११ कित्ता पारेका छन् । बाँकी ११ लाख ९२ हजार हात रित्तो भएको छ ।

कम्पनीले चैत १९ गतेदेखि २२ गतेसम्म आइपीओ निष्कासन गरेको थियो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।


प्रतिक्रिया दिनुहोस्