७ श्रावण २०८३, बिहिबार

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज (चैत २९ गते) बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेको थियो । १३ लाख २५ हजार ८४७ जनाले कुल १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताको लागि आवेदन दिएका छन् । सोहि कारण आइपीओ हात पार्ने भाग्य कै भर पर्नु पर्ने देखिएको छ ।

गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुदाँ १ लाख ३३ हजार ७३० जनाले मात्र १० कित्ता सेयर हात पारेका छन् । जसमा २ जना भाग्यमानीले ११ कित्ता पाएका छन् । बाँकी ११ लाख ९२ हजार हात रित्तो भएको छ ।

कम्पनीको आइपीओ यसरि हेर्न सकिन्छ
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/

बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइटः https://www.prabhucapital.com/

सिडीएससीको मेरोशेयरको वेबसाइटः https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्