नेप्सेमा २ हाइड्रोपावरको झण्डै २ करोड कित्ता आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । बुधबार मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड र सगरमाथा जलविद्युत कम्पनीको आइपीओ सूचीकृत भएको हो ।
मोलुङ हाइड्रोपावरको कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख २५ हजार कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको पहिलो कारोबार ६० रुपैयाँ ६२ पैसादेखि अधिकतम १८१ रुपैयाँ ८६ पैसा ओपनि रेञ्ज रहेको छ । कम्पनीको सिम्बोल ‘एमएचसीएल’ रहेको छ ।
त्यस्तैगरी, सगरमाथा जलविद्युतको १०० रुपैयाँ दरका कुल १ करोड १२ लाख कित्ता आइपीओ सूचीकृत भएको छ । कम्पनीको पहिलो कारोबारको १०९ रुपैयाँ १३ पैसादेखि ३२७ रुपैयाँ ३९ पैसा ओपन रेञ्ज रहेको छ । कम्पनीको आइपीओ सिम्बोल ‘एसएमजेसी’ रहेको छ ।
यी दुबैं कम्पनीको कारोबार बिहिबार अर्थात चैत २९ गतेदेखि कारोबारमा आउनेछ ।













