७ श्रावण २०८३, बिहिबार

दोल्ती पावरको आइपीओमा ६४ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओमा ६४ करोड ८० लाख ३२ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (चैत २९ गते) सम्म ५ लाख ७८ हजार ३११ जनाले ६४ लाख ८० हजार ३२० कित्तका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ५.०९५ गुणा बढी आवेदन हो ।

कम्पनीले चैत २८ गतेदेखि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । जसमा छिटोमा वैशाख ३ गते र ढिलोमा वैशाख १२ गते सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्