७ श्रावण २०८३, बिहिबार

भूगोल इनर्जीको आइपीओ बाँडफाँट, १ लाख ३४ हजारले १०/१० कित्ता पाए, ३ जना भाग्यमानीले ११ कित्ता



काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरीएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिन (चैत २७ गते) सम्म १ अर्ब ३७ करोड ११ लाख ९५ हजार रुपैयाँको आवेदन परेको थियो । जसमा १२ लाख २६ हजार ६५९ जनाले १ करोड ३७ लाख ११ हजार ९५० कित्तका लागि आवेदन दिएका छन् । जुन माग भन्दा १०.१७ गुणा बढी आवेदन परेको थियो । गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख ३४ हजार ६९९ हजारले १०।१० कित्ता पाएका छन् । जसमा ३जना भाग्यमानीले ११ कित्ता पाएका हुन् ।

कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरि सकेको छ । कर्मचारीमा सुरक्षित गरिएको शेयर समेत बाँडफाँट पछि कम्पनीले सामूहिक लगानीकोषका लागि ७१ हजार ९१६ कित्ता शेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्