भूगोल इनर्जीको आइपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आज बाँडफाँट भएको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिन (चैत २७ गते) सम्म १ अर्ब ३७ करोड ११ लाख ९५ हजार रुपैयाँको आवेदन परेको थियो । जसमा १२ लाख २६ हजार ६५९ जनाले १ करोड ३७ लाख ११ हजार ९५० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा १०.१७ गुणा बढी आवेदन परेको थियो ।
गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख ३४ हजार ६९९ हजारले १०।१० कित्ता पाएका छन् । जसमा ३जना भाग्यमानीले ११ कित्ता पाएका हुन् ।
कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्न सकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइटः https://www.nicasiacapital.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः https://meroshare.cdsc.com.np/#/login
कम्पनीको बेवसाइट: https://bedc.com.np/













