७ श्रावण २०८३, बिहिबार

लगानीको अवसरः थ्रीस्टार हाईड्रोपावरले बैशाख ११ गतेदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा वैशाख ११ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत सेयर विक्री गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत दरको ४ लाख ९२ हजार ५०० कित्ता र दोस्रो चरणमा विक्री हुने १५ प्रतिशत सेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । आयोजना प्रभावित स्थानीयमा जारी हुने सेयर खरीदका लागि खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ता आवेदन दिन सक्नेछन् ।

आइपीओमा छिटोमा वैशाख २५ गते र ढिलो जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने वैशाख २५ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्