७ श्रावण २०८३, बिहिबार

मेन्छियाम हाइड्रोपावरको आइपीओमा पहिलो दिन मै ३.३८ गुणा बढीको आवेदन



काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा ३१ करोड ६१ लाख ८३ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज पहिलो दिन (बैशाख ४ गते) साँझसम्म २ लाख ८२ हजार ६७३ जनाले ३१ लाख ६१ हजार ८३० कित्ताका लागि आवेदन दिएका हुन्। जुन माग भन्दा ३.३८ गुणा बढी आवेदन हो ।

कम्पनीले आज अर्थात बैशाख ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरि सकेको छ ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो । जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएकोमा ५ लाख ५ हजार ७८० कित्ता सेयर मात्रै स्थानीयमा वितरण भएको छ । जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता सेयरमध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरी सकेको छ ।

२ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयर निष्कासन गर्ने भएको हो । उक्त आइपीओमा छिटोमा वैशाख ७ गते र ढिलोमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्