ईङवा हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस् नतिजा
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आइपीओ वैशाख ४ गते बाँडफाँट गरेको हो ।
कम्पनीले जारी पूँजी ६० करोडको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं। ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं। २ र वडा नं। ३ का बासिन्दालाई बिक्री गरेको थियो । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १ लाख २० हजार कित्ता सेयर बिक्री गरेको थियो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ रहेको छ ।
कम्पनीको आइपीओ तरिकाबाट हेर्न सकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/














