७ श्रावण २०८३, बिहिबार

१ लाख २७ हजारले पाउने दोल्ती पावरको आइपीओ कहिले हुन्छ बाँडफाँट ?



काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ यसै साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार भेरिफिकेसनको कार्य भइरहेको आज वा भोलिसम्म प्रिअलटमेन्ट सम्पन्न गरेर यसै साता बाँडफाँट गर्ने जनाएको छ ।

कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन गरेको आइपीओमा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६२० कित्ता सेयरको लागि आवेदन परेको हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख २७ हजार १८६ जना आवेदकले १०/१० कित्ता आइपीओ प्राप्त गर्न सक्नेछन् । साथै, १ जना भाग्यामानीले ११ कित्ता आइपीओ पाउनेछन् ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्