त्रैमास सकिएको ६ दिनसम्म पनि सार्वजनिक भएन बैंकहरुको वित्तीय रिपोर्ट, अन्तिम दिनको चटारो
काठमाडौं । वाणिज्य बैंकहरुले त्रैमासिक वित्तीय विवरण सार्वजनिकमा ढिलाई गरेका छन् ।
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमास सकिएको पनि एक हप्ता बितिसक्न लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार त्रैमासमा सकिएको एक साताभित्र नै त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने प्रावधान छ । तर, बैंकहरुले आज ६ दिन भईसक्दा पनि रिपोर्ट सार्वजनिकमा ढिलाई भएको छ ।
यसअघि पनि बैंकहरुले अन्तिम दिनमा मात्रै त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका थिए । यतिबेला बैंकहरुमा वित्तीय विवरण प्रकाशनको चटारोमा रहेको एक बैंकर बताउँछन् ।
उनले भने,–‘निमाकीय प्रावधानअनुसार त्रैमास सकिएको एक साता भित्र रिपोर्ट सार्वजनिक गर्नुपर्ने छ । तर, आज ६ दिन मात्रै भएको छ । सबै बैंकहरुले अन्तिम दिन कुरेर बसेका छन् । भोलि सबै बैंकको वित्तीय रिर्पोट आउँछ, बैंकरहरु त्यसकै चटारोमा छन् ।’













