घोराही सिमेन्ट इन्डष्ट्रीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएकोछ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावित स्थानीय र ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।
अकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँ र सर्वसाधारणलाई ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति पाएकोे हो ।
कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् ।













