दोल्ती पावरको आइपीओ भोलि बाँडफाँट हुने, १ लाख २७ हजार आवेदकले १०/१० कित्ता पाउने
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ शुक्रबार (बैशाख ८ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालय दिउँसो ३ बजे काजीको किचेन बत्तिसपुतली, बाँडफाँट हुने भएको हो ।
कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन गरेको आइपीओमा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६२० कित्ता सेयरको लागि आवेदन परेको हो ।
माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख २७ हजार १८६ जना आवेदकले १०/१० कित्ता आइपीओ प्राप्त गर्न सक्नेछन् । साथै, १ जना भाग्यामानीले ११ कित्ता आइपीओ पाउनेछन् ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।













