मेन्छियाम हाइड्रोपावरको आइपीओमा १४.४४ गुणा बढीको आवेदन, ५ जना भाग्यानीले ११ कित्ता पाउने
काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँको संकलन भएको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (वैशाख ७ गते) सम्म १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १४.४४ गुणा बढी आवेदन हो ।
कम्पनीले बैशाख ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरि सकेको छ । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो । जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएकोमा ५ लाख ५ हजार ७८० कित्ता सेयर मात्रै स्थानीयमा वितरण भएको छ । जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता सेयरमध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरी सकेको छ ।
२ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट गर्दा ९३ हजार ४९१ जनाले मात्र १०।१० कित्ता सेयर हात पार्नेछन् भने ५ जना भाग्यमानीले ११ कित्ता पाउनेछन् ।













