७ श्रावण २०८३, बिहिबार

दोल्ती पावरको आइपीओ बाँडफाँट: १ जना भाग्यामानीले ११ कित्ता, लम्कि नम्बर ५



काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालय दिउँसो ३ बजे काजीको किचेन बत्तिसपुतलीमा आज (बैशाख ८ गते) बाँडफाँट भएको हो ।

कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन गरेको आइपीओमा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६२० कित्ता सेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदक मात्र सेयर पाउँनको लागि योग्य रहेको थिए ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख २७ हजार १८६ जना आवेदकले १०÷१० कित्ता आइपीओ प्राप्त गरेका छन् । साथै, १ जना भाग्यामानीले ११ कित्ता आइपीओ पाएका हुन् ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्