८ श्रावण २०८३, शुक्रबार

सिटि होटलको आइपीओ भोलि बाँडफाँट हुने, कतिले पाउनेछन् सेयर ?



काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओ भोलि (बैशाख १२ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ भोलि बिहान ९ बजे क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ५ करोड ७४ लाख १५ हजार रुपैयाँको आवेदन परेको थियो । बैदेशिक रोजगारीमा गएका १९ हजार ९०३ जना आवेदकले ५ लाख ७४ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ । जसमा १६ हजार ७४० जनाले १० कित्ता सेयर पाउनेछन् ।

कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।

सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन बिक्री खुला गरेको थियो।


प्रतिक्रिया दिनुहोस्