फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बच्यो, जहाज गन्तव्यतर्फ
काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ ।
एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिए पनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्न मन्त्री सुदन किरातीले समाजिक संजालमा पोष्ट गरेका छन् ।
काठमाडौंदेखि दुबैको लागि उडेको जहाजको ककपिटमा रहेको एयर क्राफ्ट प्यारामिटर चेकजाच गर्दा समस्या नदेखिएकोले जहाज गन्तव्य तर्फ प्रस्थान गरेको टिआइए का प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दिएको छ ।
काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२३मा उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको थियो। काठमाडौं र ललितपुरबाट उक्त जहाजमा आगो लागेको समेत देखिएको थियो।













