८ श्रावण २०८३, शुक्रबार

सिटि होटलको आइपीओ बाँडफाँट, १६ हजार ७४० जनाले पाए १०/१० कित्ता सेयर



काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओ आज (बैशाख १२ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ५ करोड ७४ लाख १५ हजार रुपैयाँको आवेदन परेको थियो । बैदेशिक रोजगारीमा गएका १९ हजार ७३९ जना आवेदकले ५ लाख ६८ हजार ९० कित्ताका लागि आवेदन दिएका थिए । ९ आवेदन रद्द भएको थियो । माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा १६ हजार ७४० जनाले १० कित्ता सेयर प्राप्त गरेका हुन् ।

कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।

सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन बिक्री खुला गरेको थियो।


प्रतिक्रिया दिनुहोस्