सिटि होटलको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओ आज (बैशाख १२ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ५ करोड ७४ लाख १५ हजार रुपैयाँको आवेदन परेको थियो । बैदेशिक रोजगारीमा गएका १९ हजार ९०३ जना आवेदकले ५ लाख ७४ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा १६ हजार ७४० जनाले १० कित्ता सेयर प्राप्त गरेका हुन् ।
कम्पनीको आइपीओ यी तीन तरिकाबाट हेर्नसकिनेछ ।
सिडिएसको बेवसाइटः www.iporesult.cdsc.com.np
बिक्री प्रबन्धकः www.globalimecapital.com.np
कम्पनीको बेवसाइटः www.cityhotel.com.np













