नीतिगत र संरचनागत सुधारका लागि हामी प्रतिबद्ध छौं: अर्थमन्त्री महत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नीतिगत र संरचनागत सुधारका लागि हामी प्रतिबद्ध छौं: अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नीतिगत र संरचनागत सुधारका लागि प्रतिबद्ध रहेको बताएका छन् । लगानी बोर्डको कार्यालय तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सयुक्त आयोजनाममा सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्बन्धिको सम्मेलनको उद्घाटन सत्रमा बोल्दै महतले नेपालमा सम्भावना र आकर्षक वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता अहिलेसम्म आवश्यकता अनुसार नभएको बताएका हुन् ।

नेपाललाई स्रोत र साधानको आवश्यकता भएकोमा कुनै शंका नरहेको उनको तर्क थियो । उदार अर्थतन्त्र, लोकतान्त्रिक व्यवस्थाको अहिलेसम्म कहिलै डिफल्ड नभएको र कुनै पनि विदेशी कम्पनीको प्रतिफल नरोकिएको जस्ता आकर्षक ऐेतिहासिक ट्रायक नेपालसँग भएको उनको भनाइ छ। विकासको सम्भावना र आवश्यकता, युवा जनसंख्या जस्ता थप आकर्षण भएको उनको भनाइ छ। आवश्यक नीतिगत तथा संरचनागक व्यवस्था अहिलेपनि रहेको र आवश्यकता अनुसार सरकारले सुधार गर्न तयार रहेको उनको भनाइ छ।

“लगानी ग्याप फिलका लागि आवश्यक स्रोतको पूर्तिका लागि कुनै पनि नवीन वित्तीय स्रोतको मोडललाई हामी स्वागत गर्छौं। त्यसका लागि नीतिगत र संरचानागत सुधारका लागि हामी प्रतिबद्ध छौं। स्रोत आएपछि कसरी उत्कष्ट परिचालन गर्छौं भनेर हामी देखाउँछौं” मन्त्री महतले भने।

सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने हो भने अहिले लगानीको ठूलो खाडल रहेको काठमाडौं विश्वविद्यालयका रजिष्टार अर्थशास्त्री प्राडा अच्युत वाग्लेको भनाइ छ। मुलुकको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि स्वदेशी स्रोत र उपकरणबाटमात्र होइन सरकारलेमात्र लगानी गरेर पनि नहुने उनको भनाइ छ। दिगो विकासका लागि आवश्यक स्रोतको अहिले नै गणितीय ग्याप उच्च रहेको र यसलाई पूरा गर्नकै लागि पनि सरकार र निजी क्षेत्र मिलेर स्रोतको खोजी र परिचालनको मोडलमा जानुपर्ने उनको भनाइ छ।

‘अहिलेसम्म सरकारले सुत्रबद्ध विदेशी सहायता परिचालन गर्दै आएको छ। निजी क्षेत्रले विदेशी स्रोतमाथिको पहुँच न्यून छ। अब निजी तथा सरकारी क्षेत्रकले सयुक्त रुपमा लगानीका स्रोत तथा उपकरणको खोजी गर्नैपर्छ यदि हामी मध्यम आयको भएको मुलुकमा जाने हो” उनले भने। पछिल्लो समय ब्लेन्डेड फाइनान्सको उपरकण प्रचलनमा मात्र होइन निकै सम्भावना भएको उपकरण भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्