डिजेलकाे मुल्य घटेसँगै घट्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?
काठमाडौं । लामो दुरीको सार्वजनिक यातायातको भाडा घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर निर्धारण गरेको हो ।
यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा संचालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।













