राष्ट्र बैंकलाई दवाबमा राख्न नीजि क्षेत्र एक ठाउँमा, एक भएर मुद्धा उठाउछौं: चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले राष्ट्र बैंकलाई दवाबमा राख्न नीजि क्षेत्र मौद्रिक नीतिमा एक भएर मुद्धा उठाउने बताएका छन् । बिहिबार राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीति अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले भने, राष्ट्र बैंकलाई दवाबमा राख्न चेम्बर, सिएनआई र एफएनसिसिआई मौद्रिक नितीमा एक भएर मुद्धा उठाएर अघि बढ्छौं ।
अहिले सहज रूपमा कर्जा प्रवाह हुँदा अहिलेको अवस्था आएको ढकालको भनाइ रहेको थियो । राष्ट्र बैंकले वर्किङ क्यापिटल गाइडलाइन बैंकहरूलाई नै नियमन गर्न दिनु पर्ने उनको भनाइ थियो ।













