८ श्रावण २०८३, शुक्रबार

भोलिदेखि सन नेपाल लाइफको प्रिमियम मूल्यको आइपीओ निष्कासन हुने, १० कित्ता भर्न कति चाहिन्छ पैसा ?



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भोलि अर्थात साउन १ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न अनुमति पाएको हो । जसमा प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो ।

आइपीओमा अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो । आइपीओमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्