आजदेखि कारोबारमा आउँदै सिद्धार्थ ग्रोथ स्किम–३, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । आइतबार फण्डको ८ करोड ५ लाख ८० हजार इकाई सूचीकृत भएको हो ।
अब फण्डको इकाई धितोपत्रको दोस्रो बजारमा आज अर्थात सोमबारदेखि कारोबारमा आउनेछ । नेप्सेले यस फण्डलाई ‘एसआईजीएस ३’ कारोबार संकेत प्रदान गरेको छ ।
फण्डले पहिलो कारोबारका लागि नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । फण्डको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक र योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल छन् ।












