२६ श्रावण २०८३, मंगलबार

‘लक्ष्मी भ्यालु फन्ड–२’ को इकाईका लागि आजदेखि आवेदन दिन सकिने, ८ करोडसम्म लगानी गर्ने मौका



काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले आजदेखि ‘लक्ष्मी भ्यालु फन्ड–२’ निष्कासन तथा बिक्री खुला गरेको छ। लक्ष्मी म्युचुअल फन्डले बिक्री गर्न लागेको ‘लक्ष्मी भ्यालु फन्ड–२’ १० वर्षे बन्दमुखी योजना हो ।

फन्डले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको ८ करोड युनिट जारी गर्न लागेको हो । आठ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम एक करोड बीस लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखेको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्काशन गर्न लागेको छ ।

सो फण्डमा न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइमा आवेदन दिन सकिनेछ । क्यापिटलका अनुसार १ हजार रुपैयाँदेखि ८ करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ ।

सो फण्डको इकाईमा छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।