७ श्रावण २०८३, बिहिबार

छुट्नु होला नि ? भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारले आवेदन दिने आज अर्थात साउन ७ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले असार २७ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको हो ।

यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै, सर्वसाधारणमा निष्कासन हुने ८ लाख ५८ हजार ९८ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानियले भने साउन २२ गतेसम्म आवेदन दिन पाउनेछन् ।
स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्