शुक्रबार दिनभर गोदावारी नगरपालिका यी स्थानहरुमा बिजुली नआउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने विद्युत लाइन बन्द हुने भएको छ । गोदावरी नगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म लाइन बन्द हुने भएको हो ।
एक सूचना निकाल्दै नगरपालिकाका ११, १२, ५ र ६ लेले, टिकाभैरव, नल्लु, चापागाँउ, टाखेल, ठेचो, झरुवारासि लगायतका स्थानमा शुक्रबार लाइन बन्द हुने जानकारी गराएको छ ।
चिवहाल गेटदेखि सिमाको चोकसम्म चापागाउ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने भएकाले नै लाइन बन्द हुने केन्द्र जनाएको छ ।













