सरकारले कति तोक्यो चैते धानको समर्थन मूल्य ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारले कति तोक्यो चैते धानको समर्थन मूल्य ?



काठमाडौं । चैते धानको समर्थन मूल्य निर्धारण भएको छ । सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि चैत धानको समर्थन मूल्य तोकेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आवको लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको छ ।

साथै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम् समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस्