१३ श्रावण २०८३, बुधबार

खोम र निर्मलको ‘बदनामले’ सार्वजनिक



काठमाडौं । खोम गुरुङ र निर्मल दियालीको गजल ‘बदनामले’ सार्वजनिक भएको छ । करिब १५ वर्षदेखि निरन्तर लेखन साधनामा लागेका इलामेली श्रस्टा खोम गुरुङको शब्द, निर्मल दियालीको स्वर र सङ्गीत अनि पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजनमा रहेको गीत शुक्रबार सार्वजनिक भएको हो ।

गजल ‘केएन क्रियसन’ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भाएको छ । शास्त्रीय सङ्गीतमा आधारित यस भएर प्रेमविछोडको भाव बोकेको गजलमा साङ्गीतिक साधना समेत देख्न पाइन्छ ।

अकेस्टिक नेपालमा राजाबाबुले रेकर्ड गरेको गजललाई मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका हुन् ।

भिडियो